PahiloPost

May 16, 2024 | ३ जेठ २०८१

मोरङको मिक्लाजुङबाट एमालेको विजयी यात्रा सुरु  



अनन्तराज न्यौपाने

मोरङको मिक्लाजुङबाट एमालेको विजयी यात्रा सुरु  

विराटनगर : मोरङका १७ स्थानीय तहमध्येको एक मिक्लाजुङ गाउँपालिकामा नेकपा एमालेका अध्यक्ष र उपाध्यक्ष बहुमत वडाध्यक्षसहित विजयी भएका छन्।
 
मिक्लाजुङ गाउँपालिकाको अध्यक्षमा एमालेका देवीप्रसाद आचार्य ५ हजार २ सय २९ मत प्राप्त गर्दै विजयी भएका हुन्। उनका निकटतम प्रतिस्पर्धी नेपाली काङ्ग्रेसका मानबहादुर राईले ३ हजार ६ सय ५ मत प्राप्त गरे। 

उपाध्यक्षमा नेकपा एमालेका सरला राई ५ हजार ६३ मत प्राप्त गर्दै विजयी बनेकी छिन्। उनका निकटतम प्रतिस्पर्धी नेपाली काङ्ग्रेसकी आरती बरालले ३ हजार ६ सय २५ मत प्राप्त गरिन्। 

मिक्लाजुङ गाउँपालिकाका ९ वटा वडाका लागि भएका मतदानको मतगणनाको अन्तिम परिणाम आइतवार अपराह्न सार्वजनिक भएअनुसार नेकपा एमालेले १, २, ४, ६, ७ र ८ नम्बरमा वडाध्यक्षसहित प्यानलै जित हासिल गरेको छ।

नेपाली काङ्ग्रेस ३, ५ र ९ नम्बर वडामा वडाध्यक्ष सहित प्यानलै  विजयी भएको मिक्लाजुङ गाउँपालिकाका निर्वाचन अधिकृत हिमालयकुमार त्रितालले जानकारी दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell