PahiloPost

Jun 20, 2025 | ६ असार २०८२

भिआइपीका गाडीले नै ट्राफिक नियम मिचेपछि गृह मन्त्रीले दिए यस्तो निर्देशन



पहिलोपोस्ट

भिआइपीका गाडीले नै ट्राफिक नियम मिचेपछि गृह मन्त्रीले दिए यस्तो निर्देशन

काठमाडौं : गृह मन्त्री जनार्दन शर्माको निर्देशनमा भिआइपीको सवारीमा खटिने सुरक्षाकर्मीलाई ट्राफिक नियम सम्बन्धि कक्षा सुरु गरिएको छ।
 
भिआइपीले नै ट्राफिक नियम मिचेको जनगुनासो बढेपछि कक्षा दिन लागिएको हो। गृहमन्त्री शर्माले भिआइपीहरुले नियम उल्लङ्घन नगरे पनि भिआइपीको सुरक्षामा खटिएका सुरक्षाकर्मीले गर्ने गरेको बताएपछि तालिम दिन लागिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख डिआइजी मिङमार लामाले बताए। 

गृहमन्त्रीले 'हामी गाडीभित्र बसिरहेका हुन्छौं तर सुरक्षाकर्मीले नियम मिचेर कताबाट कसरी सवारी चलाउँछन्। पछि हामीले आरोप खेप्नुपर्छ। त्यसैले सुरक्षाकर्मीलाई तालिम दिनुहोस्,' भनेको लामाले सुनाए। असार ९ गतेबाट शुक्रवार साताको एक चोटी भिआइपीको सुरक्षामा खटिने सबै प्रहरीलाई तालिम दिन थालेको लामाले जानकारी दिए। 

अहिलेसम्म ५० जना सुरक्षाकर्मीलाई तालिम दिएको लामाले जानकारी दिए। उनले भने, 'हामी करिब १ सय ५० जना सुरक्षाकर्मीलाई ट्राफिक नियम सम्बन्धी कक्षा दिन्छौं।' 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell