PahiloPost

May 6, 2026 | २३ बैशाख २०८३

झापामा पुजारीले किन गरे आत्महत्या ?



रासस

झापामा पुजारीले किन गरे आत्महत्या ?

झापा : भद्रपुर नगरपालिका–६ स्थित दुर्गा मन्दिरका पुजारीले मन्दिरमै आत्महत्या गरेका छन्। 

भद्रपुर–६ निवासी ४२ वर्षीय प्रदीप चौधरीले आइतबार बिहान करिब ६ बजे झुण्डिएर आत्महत्या गरेका प्रहरीले जनाएको छ। बिहान मन्दिरको भान्सा कोठामा झुण्डिएको अवस्थामा देखेपछि डोरी काटेर स्थानीयले नजिकैको ओमसाई पाथिभरा अस्पताल पुर्याएका थिए। 

अस्पताल पुर्याएलगत्तै चिकित्सकले पुजारी चौधरीको मृत्यु भइसकेको घोषणा गरेको प्रहरीले जनाएको छ। मृतकको शव मेची अञ्चल अस्पतालमा परीक्षणपछि आफन्तलाई जिम्मा लगाइएको थियो। आत्महत्याको कारण खुल्न सकेको छैन। रासस
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell