PahiloPost

Mar 11, 2025 | २७ फागुन २०८१

गभर्नर भन्छन्–गाउँपालिकामा बैंकमार्फत वित्तीय गतिविधि बढाइन्छ



रासस

 गभर्नर भन्छन्–गाउँपालिकामा बैंकमार्फत वित्तीय गतिविधि बढाइन्छ


काठमाडौँः नेपाल राष्ट्र बैंकका गभर्नर चिरञ्जीवी नेपालले मुलुकको नयाँ संरचनाअनुसार प्रत्येक गाउँपालिकामा बैंक स्थापना गरी वित्तीय गतिविधि बढाउने योजना रहेको बताएका छन्। 

सिभिल बैंक लिमिटेडले हामा मर्चेन्ट एन्ड फाइनान्स कम्पनी र युनिक फाइनान्स कम्पनीलाई प्राप्ती गरेपछिको आइतबार साँझ एकीकृत कारोबारको शुभारम्भ गर्दै गभर्नर नेपालले ग्रामीण क्षेत्रका जनतालाई पनि वित्तीय पहुँचमा पुर्याउन तथा स्थानीय तहमा पुँजी निर्माणका लागि बैंकको भूमिका रहेको बताए। 

निर्धारित समयभित्र तोकिएको चुक्ता पुँजी वृद्धि गर्न बैंकलाई चुनौती रहेकाले वित्तीय संस्थाबीच एकीकरणको खाँचो औँल्याउँदै गभर्नर नेपालले राष्ट्र बैंकले लिएको नीतिका कारण मुलुकको कुल ग्रार्हस्थ्य उत्पादनमा करिब सात प्रतिशतले वृद्धि कायम गर्न सकिएको जानकारी दिए। 

सिभिल बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङले विभिन्न वित्तीय संस्थाको एकीकरणले व्यावसायिक क्षमता अभिवृद्धि भई केही ठूला परियोजना तथा उद्योग व्यवसायमा लगानी गर्न सहज हुने विचार व्यक्त गरे। 

अब देशभर बैंकको शाखा ५३ पुगेको छ भने चुक्ता पुँजी पाँच अर्ब १८ करोड पुगेको छ। निक्षेप ३४ अर्ब ९७ करोड र कुल कर्जा ३१ अर्ब २२ करोड पुगेको छ। 

देशभर रहेका सम्पूर्ण बैंक तथा वित्तीय संस्थालाई नियमन गर्ने नेपाल राष्ट्र बैंकले यही असार मसान्तभित्र बैंकलाई अनिवार्य आठ करोडको चुक्ता पुँजी पुर्याउन निर्देशन दिएको छ। रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell