PahiloPost

Jun 20, 2025 | ६ असार २०८२

एमालेले कटायो १०० स्थानीय तहको जित, कांग्रेस पछ्याउँदै



पहिलोपोस्ट

एमालेले कटायो १०० स्थानीय तहको जित, कांग्रेस पछ्याउँदै

काठमाडौँ: दोस्रो चरणको स्थानीय तह निर्वाचनमा पनि एमाले शतक कटाएको छ। जारी मतगणनामा एमालेले १०३ स्थानमा विजयी भइसकेको छ। थप ४१ स्थानमा अग्रता कायम राखेको छ।

एमालेलाई कांग्रेसले पछ्याइरहेको छ। कांग्रेसले अहिलेसम्म ८९ स्थानीय तहमा जित हासिल गरेको छ। एमालेभन्दा १४ स्थान कांग्रेस पछि छ। कांग्रेसले अहिले ३८ स्थानमा अग्रता बनाएको छ।

माओवादी केन्द्रले अहिलेसम्म ३१ स्थानमा जित हासिल गरेको छ। संघीय समाजवादी फोरम र नयाँ शक्ति नेपालले अहिलेसम्म ६ स्थानमा जित हासिल गरेका छन्। राष्ट्रिय जनमोर्चाले दुई स्थानमा जित हासिल गरेको छ। राप्रपाले १ स्थानमा जित हासिल गरेको छ।

जारी मतगणनामा २३३ स्थानको नतिजा आइसकेको छ। अब १०१ स्थानको नतिजा सार्वजनिक हुन बाँकी छ ।

विराटनगर महानगरमा कांग्रेसका उम्मेदवार भीम पराजुलीले आफ्नो अग्रता कायम राखेका छन्। धनगढी उपमहानगरमा पनि कांग्रेसले अग्रता कायम राखेको छ। तर, विवादका कारण मतगणना स्थगित भएको छ।

एमालेले दाङको तुल्सीपुर र घोराही उपहानगरमा अग्रता कायम राखेको छ। बुटवल, धरान र इटहरी उपमहानगरमा पनि एमालेको अग्रता कायमै छ। नेपालगन्ज उपमहानगरमा भने राप्रपाले अग्रता बलियो बनाउँदै लगेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell