PahiloPost

Jun 30, 2026 | १६ असार २०८३

रतुवामाई नगरपालिकामा बहुमत वडासहित कांग्रेसको जित



पहिलोपोस्ट

रतुवामाई नगरपालिकामा बहुमत वडासहित कांग्रेसको जित

विराटनगर: मोरङको रतुवामाई नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका रविन राई बहुमत वडासहित विजयी भएका छन्। उपप्रमुखमा एमाले उम्मेदवार दमयन्तादेवी चुडाल विजयी भएकी छन्।

रतुवामाईका निर्वाचन अधिकृत दिपक कोइरालाका अनुसार प्रमुख पदमा निर्वाचित राईले ९ हजार ८९५ मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिद्वन्द्वी टिकेन्द्र पोमुले ८ हजार १०० मत प्राप्त गरे।

उपप्रमुखमा निर्वाचित एमालेका चुडालले ८ हजार ३७२ र निकटतम प्रतिस्पर्धी कांग्रेसका फूलवतीदेवी गोडीले ८ हजार ३१३ मत ल्याएका छन्।

नेपाली काङ्ग्रेसले वडा नं. १, २, ३, ४, ५, ७, ८ र ९ मा वडाध्यक्ष जितेको छ। एमालेले वडा नं. ६ र १० को वडाध्यक्षमा जित हासिल गरेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell