PahiloPost

Mar 29, 2026 | १५ चैत्र २०८२

अर्घखाँचीको सन्धिखर्क नगरमा कांग्रेस माओवादी गठबन्धन विजयी, मेयरमा कांग्रेसका कमल भुसाल



पहिलोपोस्ट

अर्घखाँचीको सन्धिखर्क नगरमा कांग्रेस माओवादी गठबन्धन विजयी, मेयरमा कांग्रेसका कमल भुसाल
तस्बिर : इन्द्रमणि पौडेलको फेसबुकबाट

अर्घाखाँचीः अर्घाखाँचीको सन्धिखर्क नगरपालिकामा नेपाली कांग्रेस र माओवादी केन्द्रको गठबन्धन विजयी भएको छ। मेयरमा कांग्रेस उम्मेदवार कमलप्रसाद भुसालले आठ हजार ३०३ मत पाएका छन्। उपमेयरमा माओवादी केन्द्रका ठाकुर कुमार बिक विजयी भएका छन्। उनले सात हजार १२७ मत पाए। 

मेयर उपमेयर दुबैमा एमाले उम्मेदवार पराजित भएका हुन्। मेयरमा एमालेका तर्फबाट कृष्णप्रसाद श्रेष्ठ र उपमेयरमा ईश्वरा पोख्रेल प्रतिस्पर्धामा थिए।  
सन्धिखर्क नगरमा सत्तारुढ दल कांग्रेस र माओवादीले गठबन्धन गरेका थिए।   
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell