PahiloPost

Jun 20, 2025 | ६ असार २०८२

जर्मनी कन्फेडेरेसन कपको नयाँ च्याम्पियन, ड्राक्सलरलाई गोल्डेन बल, वेर्नरले जिते गोल्डेन बुट



पहिलोपोस्ट

जर्मनी कन्फेडेरेसन कपको नयाँ च्याम्पियन, ड्राक्सलरलाई गोल्डेन बल, वेर्नरले जिते गोल्डेन बुट

विश्व विजेता जर्मनी महादेशिय च्याम्पियनहरुले खेल्ने कन्फेडेरेसन कपको नयाँ च्याम्पियन बनेको छ। आइतबार राती रसियामा भएको फाइनलमा टुर्नामेन्टको डेब्यु टिम चिलीलाई १-० ले पराजित गर्दै जर्मनी कन्फेडेरेसन कप जित्ने छैटौँ राष्ट्र बनेको हो। यसअघि ब्राजिल (४) फ्रान्स (२), अर्जेन्टिना, मेक्सिको र डेनमार्क (१) पटक उपाधि जितिसकेका छन्।

जर्मनीलाई उपाधि जिताउन बोरुसिया मोन्चेनग्लाडबाकका फरवार्ड लार्स स्टिन्डलले २०औं मिनेटमा गरेको गोल निर्णायक बन्यो।

यसपटक पूर्व विजेतामध्ये मेक्सिकोले मात्र भाग लिएपनि सेमिफाइनलबाट अगाडी बढ्न सकेन। अर्को डेब्युटान्ट पोर्चुगल मेक्सिकोलाई पराजित गर्दै तेस्रो भयो।

रसिया जानु अगाडीसम्म युवा खेलाडीको वर्चस्व रहेको जर्मन टोलीलाई अनुभवहिन टोली भनेर चित्रण गरिएको थियो। तर त्यही युवा टोलीले प्रतियोगिताकै सबैभन्दा अनुभवी टोली चिलीलाई हराएपछि जर्मनीले पहिलो पटक उपाधि मात्र जितेन, योकिम लो को युवा टोलीले मैदानमा उत्तिकै सक्षम छ भनेर देखायो।

सन् २०१४ मा ब्राजिलमा विश्वकप फुटबलको उपाधि जित्दाका दुई खेलाडी (ड्राक्सलर र स्कोडार्न मुस्ताफी) मात्र समावेश गर्दै रसिया पुगेका जर्मनीले अपराजित रहदै उपाधि चुम्यो। समूह चरणमा अष्ट्रेलिया र क्यामरुनलाई हराएको जर्मनीले चिलीसँग भने बराबरी खेलेको थियो। यस्तै सेमिफाइनलमा पूर्व विजेता मेक्सिकोलाई हरायो।

ब्राजिलमा बेन्चमा बसेका युलियन ड्राक्सरले जर्मन टोलीको कप्तानी गरेका थिए र उनी शताब्दीयता सबैभन्दा कम उमेरमा जर्मनीको कप्तान बन्ने र उपाधि जित्ने पहिलो खेलाडी समेत बनेका छन्।

जर्मनीले आगामी विश्वकपमा नयाँ खेलाडी तयार पार्नका लागि मुख्य रोजाइका खेलाडीहरुलाई आराम दिदै युवा खेलाडी रसिया पठाएको थियो। जर्मन प्रशिक्षक लो ले आफ्नो खेलाडीको प्रदर्शन प्रति गौरान्वित भएको बताए। 'म यो टिमप्रती एकदमै गर्व गर्छु किनकी उनीहरु साढे तिन हप्ता मात्र एक साथ थिए।' लो ले भने।

'तथ्य के हो भने यी युवा खेलाडीहरुले प्रतियोगिता जित्दै ऐतिहासिक उपलब्धी हासिल गरेका छन्। जर्मनीको इतिहासमा यो अनौठो छ।' 'टिममा रहेको सबै खेलाडीहरु पहिलेको भन्दा अहिले धरै उत्कृष्ट भएका छन्।'

दुई दिन अघि मात्र जर्मनीको यू-२१ टोलीले स्पेन यू-२१ लाई हराउदै यू-२१ युरो च्याम्पियनसिपको उपाधि जितेको थियो।


व्यक्तिगत अवार्डमा जर्मनीकै वर्चस्व

च्याम्पियन बनेको जर्मनीकै खेलाडीहरुले व्यक्तिगत अवार्डमा पनि वर्चस्व कायम राखे। जर्मन कप्तान युलियन ड्राक्सलरले प्रतियोगिताकै उत्कृष्ट खेलाडी घोषित हुँदै गोल्डेल बल अवार्ड पाए। सिल्भर बल चिलीका एलेक्स सान्चेज तथा ब्रोन्ज बल जर्मनीकै लियोन गोरेट्काले हात पारे।
 

यस्तै सर्वाधिक गोलकर्ताको अवार्ड जर्मनीका टिमो वेर्नरले जिते। सहकर्मी लार्स स्टिन्डल र लियोन गोरेट्काले पनि समान ३ गोल गरेपनि ३ गोल गर्नुका साथै २ असिस्ट पनि गरेका टिमो वेर्नरले गोल्डेन बल अवार्ड जितेका हुन्।

स्टिन्डल र गोरेट्काले संयुक्त रुपमा सिल्भर बुट प्राप्त गरे।

यसैगरी गोल्डेन ग्लोभ्सको अवार्ड चिलीका क्लाउडियो ब्राभोले जिते। सेमिफाइनलमा ब्राभोले पोर्चुगलका ३ खेलाडीको पेनाल्टी रोकेका थिए।

पफियर प्लेको अवार्ड पनि च्याम्पिसयन जर्मनीले नै हात पार्‍यो।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell