PahiloPost

Jan 13, 2026 | २९ पुष २०८२

दुहवी नगरपालिकामा लोकतान्त्रिक फोरम विजयी



रासस

दुहवी नगरपालिकामा लोकतान्त्रिक फोरम विजयी

इटहरी : सुनसरीको दुहवी नगरपालिकाको प्रमुखमा नेपाल लोकतान्त्रिक फोरमका वेदनारायण गच्छदार सात हजार ४२० मत प्राप्त गरी विजयी भएका छन्। 

उपप्रमुखमा पनि सोही पार्टीकी सुनिता दाहाल साह छ हजार ६८३ मत प्राप्त गरी विजयी भइन् । 

प्रमुखमा उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका गौरीशङ्कर रौनियारले पाँच हजार ६१५ मत प्राप्त गरे। उपप्रमुखमा कांग्रेसकै कल्पना कार्कीले पाँच हजार ६० मत प्राप्त गरिन्। 

त्यसैगरी, बर्जुगाउँपालिकाको अध्यक्षमा लोकतान्त्रिक फोरमका रघुनन्दन चौधरीले चार हजार ७३४ मत तथा सोही उपाध्यक्षमा सङ्गीताकुमारी राय चार हजार ६२२ मत प्राप्त गरी विजयी भइन्।  रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell