
लेबनानः लेवनानको वाका उपत्यकामा रहेको सिरियाली शरणार्थी शिविरमा आगलागी हुँदा एक जनाको मृत्यु भएको छ।
घटनास्थलमा विशाल कालो मुस्लोसहितका आगोका लप्का जमिनदेखि निकै माथिसम्म फैलिएको स्थानीय सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा देखाइएको थियो।
स्थानीय आपतकालिन सेवाका सदस्य अहमद सलौमले ओएव एलियास बजारदेखि नजिकै रहेको शिविरका सवै अस्थायी टहरा आगलागीपछि पूर्णतया खरानीमा परिणत भएका छन्।
मध्य दिनमा सुरुभएको आगलागी नियन्त्रणमा लिन अग्नी नियन्त्रक अधिकारी र बारुण यन्त्रलाई दुई घण्टा लागेको थियो। आगलागी स्थल वरपरको तापक्रम निकै बढी भएको र सवैले विद्युतीय उपकरण चलाएका कारण विद्युत आपूर्तिमा समस्या आउँदा दुर्घटना भएको हुनसक्ने स्थानीय प्राविधिकले बताएका छन्।
प्रारम्भिक अनुमानबाट करिब १०० घर टहरा जलेकोा र एक जनाको मृत्यु भएको रेडक्रसले जनाएको छ।
रेडक्रस प्रतिनिधि जर्ज केनेथले वस्तीमा ९७ परिवारका ७०० जना सदस्य बसोबास गर्दै आएकामा टन्टलापुर घाममा सवै शरणर्थीले खुला आकासमा बस्न बाध्य भएका बताए।
लेवनानका विभिन्न स्थानमा करिब १० लाख सिरियाली सन् २०११ मा सुरु भएको गृहयुद्धपछि बसोबास गर्दै आएका राष्ट्रसङ्घको आँकडा छ । रासस/एपी