PahiloPost

Jul 9, 2025 | २५ असार २०८२

भारतले १९० रनको टार्गेट भेट्टाउन सकेन, वेष्टइन्डिजको रोमाञ्चक जित



पहिलोपोस्ट

भारतले १९० रनको टार्गेट भेट्टाउन सकेन, वेष्टइन्डिजको रोमाञ्चक जित

कप्तान ज्यासन होल्डरले ५ विकेट लिएपछि वेष्टइन्डिजले १ सय ८९ रन डिफेण्ड गर्दै फोर्थ वान डे मा भारत विरुद्ध ११ रनको रोमाञ्चक जित हासिल गरेको छ।

अजिन्का रहाने र महेन्द्र सिंह धोनीले अर्धशतक प्रहार गरेपनि भारतले १९० रनको टार्गेट भेट्टाउन सकेन। १९० रनको लक्ष्य पछ्याएको भारत २ बल बाँकी छदै १७१ रनमा अलआउट भयो।

हारका बावजुत पनि ५ म्याचको सिरिजमा भारतले अझै २-१ को अग्रता कायम गरेको छ।

एन्टिगुवामा टस जितेर पहिले ब्याटिङ गरेको घरेलु टोली वेष्ट इन्डिजले पूरै ५० ओभर खेल्दै ९ विकेट गुमाएर १ सय ८९ रन बनाएको थियो। क्यारेवियन टोलीका लागि ओपनरद्वय एभिन लेविस र केल होपले समान २५ रन बनाए भने साइ हफवले २४ तथा रवस्ट चेसले २४ रन जोडे।

बलिङमा भारतका उमेश यादव र हार्दिक पाण्ड्याले ३-३ तथा कुलदिप यादवले २ विकेट लिए।

१९० रनको लक्ष्य पछ्याउने क्रममा भारतले सुरुवाती ३ विकेट सस्तैमा गुमायो। ओपनर शखर धवन (५), कप्तान विराट कोहली (३) र दिनेश कात्तिक(२) मा आउट भए। चौथो विकेटका लागि ओपनर रहानले महेन्द्र सिंह धोनीसँग ५४ रनको साझेदारी गर्दै भारतको स्कोर उकासेका थिए। तर रहाने ६० रन बनाएर आउट भएसँगै भारतको विकेट पतन पुन: सुरु भयो। धोनीले एक छेउबाट टिकेर खेलेपनि अर्को छेउबाट केदार जादब (१०), हार्दिक पाण्ड्या (२०) र रविन्द्र जडेजा (१८)  आउट भएसँगै भारतको इनिङ्स धर्मरायो।

त्यसपछि ११४ बल खेलेका धोनी ५४ रन बनाएर ४९औं ओभरको अन्तिम बलमा आउट भए। अन्तिम ओभरमा भारतलाई जितका लागि ६ बलमा १४ रन आवश्यक थियो। तर ज्यासन होल्डरले पहिलो बलमै उमेश यादवलाई आउट गरे। चौथो बलमा मोहम्मद शामीलाई पनि होल्डरले आउट गरेपछि वेष्टइन्डिजले भारतलाई सतब्ध बनाउदै जित हात पार्‍यो।

वेष्टइन्डिजका लागि होल्डरले ९.४ ओभर बलिङ गर्दै २ मेडन राखेर २७ रन दिदै ५ विकेट लिए। यस्तै अल्झारी जोसेफले २ विकेट लिए।

भारत र वेष्टइन्डिबीद्वको फिफ्थ वान डे किंग्सटनमा आगामी बिहिबार हुनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell