
लन्डनमा सम्पन्न बक्स अफिस फिल्म फेयर अवार्डमा फिल्म तर्फ कलाकार र प्राविधिकलाई २८ र अन्य २४ विधामा गरेर ५२ वटा अवार्ड वितरण भयो। नेपालबाट कार्यक्रमका लागि हरेकले एक न एक विधाको अवार्ड हात पारे। दशौं संस्करणको फिल्म फेयर अवार्डमा फिल्म 'वीर बिक्रम' उत्कृष्ट घोषित भयो।
उत्कृष्ट अभिनेत्रीको अवार्ड फिल्म लभ सासाबाट केकी अधिकारीले पाइन् भने उत्कृष्ट अभिनेताको अवार्ड फिल्म होमवर्कका लागि आर्यन सिग्देलले पाए। उत्कृष्ट घोषित फिल्म 'वीर बिक्रम'कै तर्फबाट दुई शिर्ष विधाको अवार्ड उत्कृष्ट निर्देशक मिलन चाम्सले र उत्कृष्ट नव नायिका अवार्ड दिया पुनले पाए।
फिल्म अवार्ड विजेताहरुको मुख्य सुची यस्तो छ:
उत्कृष्ट फिल्म: वीर बिक्रम
उत्कृष्ट निर्देशक: मिलन चाम्स (वीर बिक्रम)
उत्कृष्ट अभिनेत्री: केकी अधिकारी (लभ सासा)
उत्कृष्ट अभिनेता: आर्यन सिग्देल (होमवर्क)
उत्कृष्ट नव निर्देशक: नरेश केसी (डाइङ क्यान्डल)
उत्कृष्ट नव अभिनेत्री: दिया पुन (वीर बिक्रम)
उत्कृष्ट नव अभिनेता: आर्यन अधिकारी (के म तिम्रो होइन र?)
उत्कृष्ट सह अभिनेत्री: दिया पुन (वीर बिक्रम)
उत्कृष्ट सह अभिनेता: सलोन बस्नेत (गाजलु)
उत्कृष्ट चरित्र अभिनेत्री: गौरी मल्ल (गाजलु)
उत्कृष्ट सह अभिनेता: माओत्से गुरुङ (पुरानो डुङगा)
उत्कृष्ट हास्य कलाकार: केदार घिमिरे (छक्कापञ्जा)
उत्कृष्ट बाल कलाकार: साइव्रत आचार्य (छायाँ)
उत्कृष्ट श्रृङ्गार: सरोज पाण्डे (पुरानो डुङ्गा)
उत्कृष्ट कला निर्देशक: आशिस दाहाल (जंगे)
उत्कृष्ट भेषभुषा: उत्तम बनेपाली (के म तिम्रो होइन र?)
उत्कृष्ट ध्वनी मिश्रण: सुनयमान श्रेष्ठ (छक्कापञ्जा)
उत्कृष्ट कलर: राजेन्द्र मोक्तान (गाजलु)
उत्कृष्ट भिएफएक्स: अनन्त घिमिरे (द विनर)
उत्कृष्ट खलनायक: अर्पण थापा ( वीर बिक्रम)
उत्कृष्ट नृत्य निर्देशक: बिक्रम स्वार (लुट २)
उत्कृष्ट पटकथा: दिपकराज गिरी (छक्कापञ्जा)
उत्कृष्ट कथा: लक्ष्मण सुवेदी (लालजोडी)
उत्कृष्ट संवाद: दिपकराज गिरी (छक्कापञ्जा)
उत्कृष्ट सम्पादन: विपिन मल्ल (वीर बिक्रम)
उत्कृष्ट छायांकार: रामकुमार केसी (वीर बिक्रम)
उत्कृष्ट द्वन्द्व निर्देशक: एनबि महर्जन (जय पर्शुराम)
यी बाहेक आयोजकले 'बेलायतबैच संगीत अवार्ड' शिर्षकमा चार, आयोजक संस्था नेपालको तर्फबाट 'पपुलर अवार्ड' शिर्षकमा २० अवार्ड वितरण गरेको हो।