PahiloPost

Sep 5, 2026 | २० भदौ २०८३

 ‘साउथ चाइना सी’ मा प्रवेश गरेको अमेरिकी पानीजहाज चिनियाँ नियन्त्रणमा



रासस

 ‘साउथ चाइना सी’ मा प्रवेश गरेको अमेरिकी पानीजहाज चिनियाँ नियन्त्रणमा
फोटो श्रोतःreuters.com

वासिङ्टनः चीनको नियन्त्रणमा रहेको साउथ चाइना सी क्षेत्रमा अमेरिकी युद्धपोत प्रवेश गरेको भन्दै चीनले त्यसलाई नियन्त्रणमा लिएको एक अमेरिकी अधिकारीले बताएका छन्। 

चीनद्वारा आफ्नो भनी दावी गर्दै आएको उक्त जल क्षेत्रमा आवतजावतमा स्वतन्त्रता भएको देखाउने उद्देश्यका साथ त्यहाँ पुगेको जहाजलाई चीनले आफ्नो क्षेत्रमा प्रवेश गरेको दावी गर्दै नियन्त्रणमा लिएको हो। 

जहाज चीनद्वारा आफ्नो भएको दावी गर्दै आएको प्यारासेल टापूहरूको समूहमा रहेको ट्रिटन टापूबाट करिब २२ किलोमिटरभित्रबाट नियन्त्रणमा लिइएको हो।

सो क्षेत्रलाई ताइवान र भीयतनामलेसमेत आफ्नो बताउँदै आएका छन्।रासस/एएफ्पी 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell