PahiloPost

Aug 4, 2026 | १९ साउन २०८३

लेटाङ नगरपालिका प्रमुखमा काङ्ग्रेसका राई विजयी



पहिलोपोस्ट

लेटाङ नगरपालिका प्रमुखमा काङ्ग्रेसका राई विजयी

विराटनगरः मोरङको लेटाङ नगरपालिकाको प्रमुखमा नेपाली काङ्ग्रेसका उम्मेदवार बहुमत वडाका साथ विजयी भएका छन्।

लेटाङको प्रमुखमा काङ्ग्रेसका शङ्कर राई ६ हजार ९ सय ६१ मत ल्याएर विजयी भएका छन्। उनका प्रतिस्पर्धी एमालेका भूपेन्द्र लावतीले ६ हजार ६ सय ५६ मत प्राप्त गरे।

उपप्रमुखमा भने एमालेकी कृष्णाकुमारी निरौला ६ हजार ९ सय ९ मत ल्याएर विजयी भइन्। उनका निकटतम प्रतिद्वन्द्वी सुभद्रादेवी भट्टराईले ५ हजार ७ सय ४० मत प्राप्त गरिन्।

नगरपालिकाका ९ वडामध्ये काङ्ग्रेसले ५ र एमालेले ४ वटामा जितेको छ। काङ्ग्रेसले जितेका वडामा ३, ४, ६, ७ र ८ र १, २, ५ र ९ मा एमाले विजयी भएको छ।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell