
रौतहटः रौतहटको गढिमाई गाँउपालिका ६ धरमपुरमा आईतबार राति चट्याङ लागेर २ जनाको मृत्यु भएको छ।
मृत्यु हुनेमा स्थानीय ४५ वर्षिय विश्वानाथ राय यादव र १७ वर्षिय सरोज यादव छन्।
खेतमा भैंसी चराउदै गरेका यादवलाई राति करिव ८ बजे चट्याङ लागेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।