PahiloPost

Jul 29, 2026 | १३ साउन २०८३

शुद्धोदन गाउँपालिकामा स्वतन्त्र उम्मेदवार विजयी



रासस

शुद्धोदन गाउँपालिकामा स्वतन्त्र उम्मेदवार विजयी

कपिलवस्तु : कपिलवस्तुाको शुद्धोदन गाउँपालिकाको अध्यक्षमा स्वतन्त्र उम्मेदवार निसार अहमद विजयी भएका छन्। 

अहमद एक हजार ८३७ मत प्राप्त गरी विजयी भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी स्वतन्त्र उम्मेदवार कमलेशशरण चौधरीले एक हजार ७६३ मत प्राप्त गरे। 

त्यस्तै उपाध्यक्षमा नेपाली कांग्रेसकी सुधा पाण्डे दुई हजार ६३५ मत प्राप्त गरी विजयी भइन् भने निकटतम प्रतिद्वन्द्वी सङ्घीय समाजवादी फोरमकी विमला चौधरीले एक हजार ७६४ मत प्राप्त गरिन्। 

अध्यक्षमा विजयी अहमद तत्कालीन बाँसखोर गाविसमा दुई पटकसम्म अध्यक्ष भइसकेका हुन्। रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell