PahiloPost

May 20, 2024 | ७ जेठ २०८१

विप्लव माओवादीको दावी : चितवनमा गर्‍यौं ८४ बिघा जमिन कब्जा



राजेन्द्र आचार्य

विप्लव माओवादीको दावी : चितवनमा गर्‍यौं ८४ बिघा जमिन कब्जा

चितवनः नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले पूर्वी चितवनको खैरहनी १२ मा रहेको मार्कन्टायलको ८४ बिघा जग्गा  पार्टीको झण्डा गाडेर कब्जा गरेको दाबी गरेको छ। 

पार्टी  जिल्ला इन्चार्ज लालबहादुर बिसीले विज्ञप्ति जारी गरी २०५९ सालदेखि पार्टीको कब्जामा रहेको जग्गा अहिले भूमाफियाले चलखेल गरी किनबेचको तयारी भएको पाइएकाले पुनः आफनो पार्टीको कव्जामा लिएको जनाएका छन्।

जग्गामा सिसौका बिरुवा रहेकोमा ती बिरुवा पनि फडानी गरी पार्टीको अनुमति बेगर पोखरीसमेत निमार्ण गरी उपभोगसमेत भएको पाइएकाले भूमाफियाको गलत कार्य रोक्न पार्टीले जग्गा कब्जा गरेको विज्ञप्तिमा उल्लेख छ।  

विज्ञप्तिमा कुनै पनि व्यक्ति वा संघसंस्थाले जग्गा उपभोग गर्ने र चलखेल गर्ने प्रयास गरेमा कडा कार्वाही हुने चेतावनी दिइएको छ।

यता, प्रहरी उपरीक्षक दीपक थापाले भने त्यस स्थानमा खतरा भनेर  लेखेर राखेको बस्तु र झण्डा गाडेर छोडेको देखेपछि प्रहरीले हटाएको बताए। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell