PahiloPost

Apr 29, 2025 | १६ बैशाख २०८२

इलामको फाकफोकथुम गाउँपालिकामा कांग्रेस विजयी



रासस

इलामको फाकफोकथुम गाउँपालिकामा कांग्रेस विजयी

इलाम : इलामको फाकफोकथुम गाउँपालिकाका अध्यक्षमा नेपाली काँग्रेसका रामकुमार श्रेष्ठले चार हजार १४२ मत ल्याएर विजयी भएका छन् । 

उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका दीपेन्द्र खनालले तीन हजार ९७८ मत प्राप्त गरे । उपप्रमुखमा एमालेकी सरस्वती राई सरूले चार हजार २४१ मत प्राप्त गरेर विजयी भएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसकी डालाकुमारी कार्की विष्टले तीन हजार ९८७ मत प्राप्त गरिन्। 

फाकफोकथुम गाउँपालिका–१ मा नेपाली कांग्रेसका वडा अध्यक्षका उम्मेदवार टेकवीर लिम्बू ६०३ मत ल्याएर प्यानलसहित विजयी भए।

वडा नं २ को वडाध्यक्षमा कांग्रेसका यामबहादुर पौडेल ५३७ मत ल्याएर प्यानलसहित विजयी भए भने वडा–३ को वडाध्यक्षमा कांग्रेसका राजन पौडेल ७०७ मत ल्याएर प्यानलसहित विजयी भए। 

वडा–४ मा एमालेका वडाध्यक्षका उम्मेदवार हरिप्रसाद दङ्गाली ८७५ मत ल्याएर प्यानलसहित विजयी भए । वडा–५ मा एमालेकै सिद्धमान आले ४७६ मत ल्याएर प्यानलसहित विजयी भए।

वडा–६ मा वडाध्यक्षका उम्मेदवार कांग्रेसका डिकबहादुर थापा ४४६ र कांग्रेसका पहिलो खुल्ला सदस्य रोमनाथ चम्लागाईं तथा एमालेबाट तीन सदस्य विजयी भएका छन्। 

वडा–७ मा एमालेका लोकबहादुर गोदार थापा ६२२ प्यानलसहित विजयी भए। १३ हजार ७३३ मतदाता रहेको यस गाउँपालिकामा १० हजार ८७ मत खसेको थियो। मतपरिणाम सार्वजनिक गरेर जनप्रतिनिधिलाई आजै प्रमाणपत्र वितरण गरिने निर्वाचन अधिकृत लीलाराज पौडेलले जानकारी दिए। रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell