
काठमाडौं: पूर्व मिस नेपाल एवंम अभिनेत्री सृष्टि श्रेष्ठले अस्पतालको बेडबाटै आफ्नो इन्स्टाग्राम र फेसबुक अपडेट गरेकी छिन्।
सोमबार बिहान उनी नर्भिक अस्पतालमा रहेको खबर फैलिएपछि भने उनले आफ्नो फ्यान एवं शुभचिन्तकलाई आफू ठीक हुँदै गरेको जानकारी दिइन्। यस अघि उनी केही दिन यता सामाजिक संजालमा निस्क्रिय थिइन्। दाहिने हातमा चोट लागे पछी शल्यक्रिया गर्न पर्ने अवस्थामा पुगिन्। उनको शनिबार शल्यक्रिया सफल रुपमा सम्पन्न पनि भयो। काठ्माडौंको नर्भिक अस्पतालमा उनको उपचार भएको हो।
सृष्टिले फोटो पोस्ट गर्दै उनको स्वास्थ्यस्थिती बारे चासो राख्नेहरुलाई धन्यवाद समेत व्यक्त गरिन्। पाँच दिनअघि घरको दराज लडेर हातमा चोट लागेको उनले लेखेकी छिन्।
केही दिनदेखि अस्पतालमा भर्ना भएको भए पनि कलाकारहरु भेट्न गएपछि आइतबार राति बल्ल यो कुरा बाहिर आएको हो। हल्लाका रुपमा खबर सार्वजनिक भए पनि त्यसलाई पुष्टि गर्ने गरी कुनै पुलिस रिपोर्ट दर्ता भने भएको छैन। यद्यपि अस्पताल स्रोतले भने उनी सोमबार बिहानसम्म बेड नम्बर ५०४ मा रहेको पुष्टि गरेको थियो।
उनी अभिनित फिल्म लाउरेको छायाँकन पनि प्रभावित बनेको छ। सृष्टिको हात ठिक भएपछि मात्र फिल्म प्रोडक्शनको काम अघि बढ्ने देखिन्छ।