
राजेन्द्र आचार्य
चितवन: गायक खुमन अधिकारी र गायिक उमा गिरीको तीज विशेष गीत सार्वजनिक भएको छ। तीज नजिकिदै गर्दा संगितिक क्षेत्रमा तीज विशेष सांगीतिक चहलपहल सुरु हुनु सामान्य हो। केही वर्षयता तीजका भाकामा महिला पुरुषको उत्तिकै सहभागिता हुन थालेपछि गायिकासँगै गायक पनि तीजको कोशेली सार्वजनिक गर्न लागि परेका छन्।
गायिका उमा गिरीको लय तथा शब्दमा तयार गीतमा खुमनले साथ दिएका हुन्। गीत ‘पूर्णिमाको जुन पनि फेल खानी’ युट्युबमार्फत सार्वजनिक गरिएको हो। गीत भिडियो सहित रिलिज भयो।
भिडियोमा मोडेल बब्बु थापा र अपेक्षा बस्यालको फिचरिङ रहेको छ। एकिन्द्र सारा शंकरको निर्देशन र हरिश महराको छायांकन रहेको भिडियोलाई अमर शाक्यले सम्पादन गरेका हुन्।
हेर्नुस् भिडियो: