PahiloPost

Jul 29, 2026 | १३ साउन २०८३

झापाको कचनकवलमा राप्रापा विजयी



रासस

झापाको कचनकवलमा राप्रापा विजयी

झापा : झापाको कचनकवल गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा राष्ट्रिय प्रजातन्त्र पार्टी विजयी भएको छ। 

अन्जर आलम पाँच हजार ८१६ मत प्राप्त गरी अध्यक्षमा विजयी भएका हुन्। उनका निकटम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका कालेन्द्र राजवंशीले पाँच हजार ३५३ मत प्राप्त गरे। 

यसैगरी उपाध्यक्षमा निमसरी राजवंशीले पाँच हजार ७७४ मत प्राप्त गरी विजयी भइन् भने निकटम् प्रतिद्वन्द्वी कांग्रेसकी गीता खरेल ओडारीले पाँच हजार ७७ मत प्राप्त गरिन्। 

त्यस्तै, सो गाउँपालिकाको वडा नं १, ३, ५ को वडाध्यक्षमा राप्रपाकै क्रमशः लक्ष्मी यादव ८६०, विजयकुमार राजवंशी ८७७ र महेशलाल गशेण ८३७ मत प्राप्त गरी विजयी भएका हुन्। 

यसैगरी वडा नं २ र ६ को वडाध्यक्षमा एमालेका क्रमशः मेखबहादुर भट्टराई ६७९ र कुलबहादुर कार्कीले ९८९ मत प्राप्त गरी विजयी भएका छन्।

वडा नं.४ र ७ को वडाध्यक्षमा नेपाली कांग्रेसका क्रमशः परमानन्दसिंह राजवंशीले ७८७ र भरत राजवंशीले ६९५ मत प्राप्त गरी विजयी भएका निर्वाचन अधिकृत देवीबहादुर भण्डारीले जानकारी दिए।रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell