PahiloPost

Jun 15, 2025 | १ असार २०८२

बाजुरामा ६ वटा तहमा कांग्रेस, तीनमा एमाले विजयी



रासस

बाजुरामा ६ वटा तहमा कांग्रेस, तीनमा एमाले विजयी

बाजुरा : बाजुराका नौवटा स्थानीय तह मध्ये ६ वटामा नेपाली कांग्रेस र तीनवटामा नेकपा एमाले विजयी भएको छ। 

कांग्रेस चारवटा नगरपालिका र दुईवटा गाउँपालिका तथा एमाले तीनवटा गाउँपालिकामा विजयी भएको छ। कांग्रेस बडिमालिका, बूढीगङ्गा, त्रिवेणी र बूढीनन्दा नगरपालिका तथा हिमाली र छेडेदह गाउँपालिकामा विजयी भएको छ भने एमाले स्वामिकार्तिक, पाण्डवगुफा र गौमुल गाउँपालिकामा विजयी भएको छ। 

जिल्लाका कुल ६९ वडा मध्ये ३४ वडाध्यक्षमा कांग्रेस, ३२ वडाअध्यक्षमा एमाले र तीनवटा वडाध्यक्षमा माओवादी केन्द्र विजयी भएको छ। 

बूढीनन्दा गाउँपालिकाको अध्यक्षमा पद्मकुमार गिरी तीन हजार ३३६ मत ल्याई विजयी भएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी एमालेका जनककुमार बोहराले तीन हजार १८७ मत प्राप्त गरे। उपाध्यक्षमा एमालेकी सृष्टि रेग्मी तीन हजार ३०८ मत ल्याई विजयी भइन् भने निकटतम प्रतिद्वन्द्वी कांग्रेसकी रीता सिंहले तीन हजार १८० मत प्राप्त गरिन्। रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell