PahiloPost

Jun 15, 2025 | १ असार २०८२

राष्ट्रिय क्षयरोग केन्द्रको निमित्त निर्देशकमा केसी नियुक्त



रासस

राष्ट्रिय क्षयरोग केन्द्रको निमित्त निर्देशकमा केसी नियुक्त

भक्तपुर : स्वास्थ्य मन्त्रालयले राष्ट्रिय क्षयरोग केन्द्र ठिमीको निमित्त निर्देशकमा केन्द्रीय कारागारका डा. केदारनरसिंह केसीलाई नियुक्त गरेको छ । 

उमेर हदका कारण केन्द्रका निर्देशक डा शरच्चन्द्र बर्मा गत शुक्रबारदेखि लागू हुनेगरी सेवा निवृत्त भएपछि मन्त्रालयले केसीलाई निमित्त निर्देशकमा नियुक्त गरेको हो। नियुक्त भएपछि केसीले आज केन्द्रमा पद बहाली गरेका छन्। 

केन्द्रमा विगत ३० वर्षदेखि कार्यरत १० औँ तहका वरिष्ठ कन्सल्टेन्ट चेस्ट फिजिसियन डा मोहनकुमार प्रसाईंलाई निर्देशक बनाउनुपर्ने माग गर्दै तीन महिनाअघि केन्द्रका ४४ जना कर्मचारीले तत्कालीन स्वास्थ्यमन्त्री गगन थापा, राज्यमन्त्री तारामान गुरुङ र स्वास्थ्य सचिव डा सेनेन्द्रराज उप्रेतीलाई ज्ञापनपत्र बुझाएका थिए। 

क्षयरोगबारे नबुझेका र छाती रोग विशेषज्ञसमेत नभएका व्यक्तिलाई निमित्त निर्देशक बनाएको भन्दै कर्मचारीले आपत्ति जनाएका छन् ।रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell