PahiloPost

Jul 14, 2025 | ३० असार २०८२

गृहमन्त्रीले अध्यागमनका कर्मचारीलाई भने–मसँग आएको सूचना सही भए कार्वाहीको भागीदार हुन तयार हुनुहोला



पहिलोपोस्ट

गृहमन्त्रीले अध्यागमनका कर्मचारीलाई भने–मसँग आएको सूचना सही भए कार्वाहीको भागीदार हुन तयार हुनुहोला

काठमाडौं : गृहमन्त्री जनार्दन शर्माले अध्यागमन विभागमा गलत काम गर्नेलाई क्षमा नदिइने बताएका छन्।

सोमबार अध्यागमन विभागको ‘नेपाल ईमिग्रेसन’ नामक मोबाईल एप सार्वजनिक गर्दै गृहमन्त्री शर्माले
अध्यागमनका सूचना आफुकहाँ आईपुगेको भन्दै योजनाबद्ध रुपमा गलत काम गर्नेलाई क्षमा नदिईने बताए।

गृहमन्त्री शर्माले भने, ‘म कहाँ आईपुगेको सूचना गलत पनि हुनसक्छ, सही सूचना हुन् भने गलत गर्नेहरु कार्वाहीको भागिदार बन्न तयारी भएर बस्नुहोला।’ 

अध्यागमनमा हुने गरेको गलत कामको सूचना सही हो या हैन भन्नेबारे आफूले बुझिरहेको भन्दै उनले भने, ‘काम गर्दागर्दै भुल भएको हो भने त्यो दोस्रो कुरा हो तर यहाँ दैनिक गलत क्रियाकलाप भएको ‘मेरो एउटा कुरा तपाईलाई भन्न चाहन्छु राष्ट्रप्रति हामी सवै इमान्दार हुनुपर्छ,  इमान्दारीतापूर्वक काम गर्दा केही गल्ती हुन पुगे त्यो क्षम्य हुन्छ तर स्वार्थमा लागेर राष्ट्रलाई धोका दिनेकाम कसैले गर्छ भने त्यो क्षम्य हुँदैन।’ 

सार्वजनिक गरिएको मोवाईल एपमा अध्यागमनसँग सम्वन्धित सवै जानकारी राखिएको विभागले जनाएको छ।

विभागका अनुसार सेवाग्राहीले इमिग्रेसन एपकै प्रयोग गरेर अनलाईमार्फत भिसा प्राप्ती र ट्रेकिङ अनुमतिका लागी दरखास्त दिन सक्नेछन्।

त्यस्तै, विदेशमा समस्यामा परेका नेपालीहरुको सहजताका लागि विदेशस्थित २९ वटा नेपाली नियोगको ठेगाना एपमा राखिएको छ भने विभागले अनलाईनकै माध्यमबाट सेवाग्राहीको गुनासो सुन्न सक्ने ब्यवस्था मिलाएको छ । 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell