PahiloPost

Apr 29, 2025 | १६ बैशाख २०८२

प्रधानमन्त्रीले भने–सुदूरपश्चिममा विकासका पूर्वाधार तयार गर्न विशेष कार्यक्रम ल्याइनेछ



रासस

प्रधानमन्त्रीले भने–सुदूरपश्चिममा विकासका पूर्वाधार तयार गर्न विशेष कार्यक्रम ल्याइनेछ

धनगढी : प्रधानमन्त्री शेरबहादुर देउवाले बाटो, बिजुली, सिँचाइलगायतका पूर्वाधार पर्याप्त रुपमा जुटाउन सके विकास र समृद्धि हासिल हुने बताएका छन्। 

धनगढीमा आयोजित प्रदेश नं ७ (सुदूरपश्चिम)को सामाजिक आर्थिक विकास व्यवस्थापन तथा मार्गचित्र तयारीसम्बन्धी कार्यशाला गोष्ठीको उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले ७ नं प्रदेशको विकासका लागि बजेट वृद्धि गरिने बताए। 

प्रधानमन्त्रीले भने,‘सुदूरपश्चिमको विकासका पूर्वाधार तयार गर्न विशेष कार्यक्रम ल्याइनेछ।’

प्रधानमन्त्रीले अहिलेसम्म भएका पूर्वाधारसँगै थप विकासका लागि सरकारले आवश्यक गृहकार्य गर्ने पनि बताए। 

सुदूरपश्चिम प्राकृतिक साधन स्रोतले सम्पन्न भएकाले त्यसको सदुपयोग गरी अगाडि बढ्नुपर्नेमा प्रधानमन्त्री देउवाको जोड थियो । 

पञ्चेश्वर र पश्चिम सेतीजस्ता जलविद्युत् आयोजना सरकारको प्राथमिकतामा रहेको बताउँदै प्रधानमन्त्रीले संविधान कार्यान्वयनसँगै अब सुदूरपश्चिममा मात्र नभई समग्र देशको विकासले गति लिने बताए । 

कार्यक्रममा प्रधानमन्त्री देउवाले सुदूरपश्चिमको चिनारी देख्न र जान्न सकिने गरी तयार पारिएको ‘मोबाइल एप्स’को शुभारम्भ पनि गरे। रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell