PahiloPost

Jun 24, 2025 | १० असार २०८२

भोजपुरमा कांग्रेस र एमाले चार/चार तहमा विजयी



रासस

भोजपुरमा कांग्रेस र एमाले चार/चार तहमा विजयी

भोजपुर : भोजपुरका नौवटा स्थानीय तह मध्ये नेपाली कांग्रेस र नेकपा एमालेले चार÷चार वटा स्थानीय तह तथा नेकपा माओवादी केन्द्र एउटा तहमा विजयी भएको छ। 

कांग्रेस दुई नगरपालिका र दुई गाउँपालिकामा, एमाले चारवटा गाउँपालिका तथा माओवादी केन्द्र एउटा गाउँपालिकामा विजयी भएको छ।

कांग्रेस षडानन्द र भोजपुर नगरपालिका तथा अरुण र साल्पासिलिछो गाउँपालिकामा विजयी भयो भने एमाले ट्याम्केमयुङ, हतुवागढी, पौवाजुम्बा र रामप्रसाद राई गाउँपालिकामा विजयी भएको छ । माओवादी केन्द्र आमचोक गाउँपालिकामा विजयी भएको छ। 

षडानन्दको प्रमुखमा कांग्रेस विजयी 

षडानन्द नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेस विजयी भएको छ भने उपप्रमुखमा एमाले विजयी भएको छ। नगर प्रमुखमा वीरबल राई चार हजार ९८६ मत ल्याई विजयी भएका छन्। उनका निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेका सुरेन्द्र उदासले चार हजार ६९४ मत प्राप्त गरे। 

उपप्रमुखमा एमालेकी मेरिका राई चार हजार ६९७ मत ल्याई विजयी भइन् भने निकटतम् प्रतिद्वन्द्वी कांग्रेसकी सीता श्रेष्ठले चार हजार ४१३ मत प्राप्त गरिन्। रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell