PahiloPost

Mar 11, 2025 | २७ फागुन २०८१

धनकुटाका सबै स्थानीय तहमा एमाले विजयी



रासस

धनकुटाका सबै स्थानीय तहमा एमाले विजयी

धनकुटा : धनकुटाका सबै स्थानीय तहमा नेकपा एमाले विजयी भएको छ। 

धनकुटामा तीन नगर र चार गाउँपालिकाका गरी कुल सात स्थानीय तह छन् । तीमध्ये धनकुटा नगरपालिकाको प्रमुखमा चिन्तन तामाङ चार हजार ९३३ मत प्राप्त गरी विजयी भएका छन् भने निकटतम् प्रतिद्वन्द्वी नेपाली काँग्रेसका दिनेश राईले चार हजार ८१९ मत प्राप्त गरेका छन्। 

उपप्रमखुमा एमालेकै सकुन्तला बस्नेत पाँच हजार ११२ मत प्राप्त गरी विजयी भएकी छन्। निकटतम् प्रतिद्वन्द्वी काँग्रेसकी रेणु श्रेष्ठले तीन हजार ३९२ मत प्राप्त गरेकी छन्। 

यसैगरी पाख्रिबास नगरपालिकाको प्रमुखमा विर्खबहादुर राई चार हजार ४३९ मत प्राप्त गरी विजयी भएका छन् भने निकटतम् प्रतिद्वन्द्वी कांग्रेसका इन्दिरा थापाले एक हजार ६२८ मत प्राप्त गरेकी छन्। 

उपप्रमखुमा एमालेकी देवकला पौडेल चार हजार ४२६ मत प्राप्त गरी विजयी भइन् भने निकटतम् प्रतिद्वन्द्वी कांग्रेसका ज्ञानबहादुर गुरुङले एक हजार ८३३ मत प्राप्त गरे। 

त्यस्तै, महालक्ष्मी नगरपालिका प्रमुखमा पर्शुराम नेपाल चार हजार ८९७ मत प्राप्त गरी विजयी भएका छन् भने निकटतम् प्रतिद्वन्द्वी कांग्रेसका अग्नि पौडेलले तीन हजार १७६ मत प्राप्त गरे। 

उपप्रमुखमा एमालेकी मञ्जु अधिकारी चार हजार ५२४ मत प्राप्त गरी विजयी भइन् भने प्रतिद्वन्द्वी कांग्रेससँग तालमेल गरेका राप्रपाका महेन्द्र निरौलाले दुई हजार १५६ मत प्राप्त गरे। 

यसैगरी खाल्सा छिन्ताङ सहिदभूमि गाउँपालिकाको अध्यक्षमा मनोज राई चार हजार ५४ मत प्राप्त गरी विजयी भएका छन्। उनका निकटतम् प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका भरतसिंह राईले एक हजार ५७९ मत प्राप्त गरेका छन्। 

उपाध्यक्षमा एमालेकै रत्नश्वरी राई तीन हजार ९१६ मत प्राप्त गरी विजयी भएकी छन् भने निकटतम् प्रतिद्वन्द्वी माओवादी केन्द्रका रामकुमारी राईले एक हजार ५३४ मत प्राप्त गरिन्। 

त्यस्तै, चौविसे गाउँपालिकाको अध्यक्षमा खजिन्द्र राई तीन हजार ७८२ मत प्राप्त गरी विजयी भएका छन् भने प्रतिद्वन्द्वी कांग्रेसका हर्क चेम्जोङले तीन हजार २७९ मत प्राप्त गरे। 

उपाध्यक्षमा एमालेकै यज्ञकुमारी रुचाल तीन हजार ६९६ मत प्राप्त गरी विजयी भएकी छन्। निकटतम् प्रतिद्वन्द्वी सङ्घीय समाजवादी फोरमका उपेन्द्र लावतीले दुई हजार ६९९ मत प्राप्त गरे। 

यसैगरी छथर जोरपाटी गाउँपालिकाको अध्यक्षमा शेरबहादुर लिम्बू तीन हजार ३४९ मत प्राप्त गरी विजयी भएका छन् भने निकटतम् प्रतिद्वन्द्वी माओवादी केन्द्रका विष्णु पारघरीले एक हजार ५३१ मत प्राप्त गरे। 

उपाध्यक्षमा एमालेकै भीमकला श्रेष्ठ तीन हजार २८९ मत प्राप्त गरी विजयी भइन् भने निकटतम् प्रतिद्वन्द्वी माओवादी केन्द्रका गीता लिम्बू खेवाले दुई हजार ७३ मत प्राप्त गरिन्। 

त्यस्तै साँगुरीगढी गाउँपालिका अध्यक्षमा कुमारजङ्ग याखा चार हजार ४४९ मत प्राप्त गरी विजयी भएका छन्। उनका निकटतम् प्रतिद्वन्द्वी कांग्रेसका जितेन्द्र राईले तीन हजार ३३३ मत प्राप्त गरे। 

उपाध्यक्षमा एमालेकै विन्द्रा राई चार हजार ३२९ मत प्राप्त गरी विजयी भइन् भने निकटतम् प्रतिद्वन्दी संङ्घीय समाजवादी फोरमका बलबहादुर राईले दुई हजार २७० मत प्राप्त गरेका छन्।रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell