
काठमाडौं: फिल्म ‘लिला’को ‘साच्चै विषेश छौ’ बोलको गीत सार्वजनिक भएको छ। गायक उदित नाराय झाको स्वर, डा.कृष्णहरी बरालको शब्द र बसन्त सापकोटाको संगीत रहेको गीत युट्युब सार्वजनिक भएको छ।
गीतको भिडियोमा अभिनेत्री मलिना जोशी र राज कटुवालको फिचरिङ रहेको छ। यसअघि फिल्मको ‘ढाका चोली, ढाकाकै पटुकी’ बोलको गीत सार्वजनिक भएको थियो। सिनेदर्पण इन्टरटेमेन्टको ब्यानरमा कृष्ण प्रसाद दंगाल प्रस्तुतकर्ता रहेको फिल्म ‘लिला’ रमेश कोइरालाले निर्देशन गरेका हुन्। लक्ष्मण बस्नेत, विमला घिमिरे (दंगाल) निर्माता रहेको फिल्मको कथा लेखन लक्ष्मण बस्नेतले नै गरेका हुन्।
फिल्ममा मलिना जोशी, राज कटुवाल, संचिता लुइटेल, धु्रर्व कोइराला, निस्तोज निरौला, देवीराम पराजुली, (भोकलाग्यो), पंकज नेपाल, स्वानीका बास्तोला, जेएन घिमिरे, यादव बैरागी र बालकलाकार प्रियंसु सिंह क्षेत्री लगायतको अभिनय रहेको छ। फिल्म ३० भदौमा रिलिज हुँदैछ।
हेर्नुस् भिडियो: