PahiloPost

May 1, 2026 | १८ बैशाख २०८३

'प्रेमगीत २' को सांगीतिक यात्रा, झरीमा पनि दर्शकले दिए साथ



पहिलोपोस्ट

'प्रेमगीत २' को सांगीतिक यात्रा, झरीमा पनि दर्शकले दिए साथ

फिल्म 'प्रेमगीत २' युनिट अहिले देशभर कन्सर्ट यात्रामा निस्किएको छ। दमौलीबाट सुरु भएको सांगीतिक यात्रा पोखरा, नेपालगंज हुँदै सोमबार बुटवलमा पुगेको छ। कास्ट र क्रिउसहितको टोली बुटवलपछि धरान लगायत पूर्वका अन्य शहरहरुमा प्रस्तुती दिनेछन्।

दमौलीको फुटबल मैदानमा सम्पन्न कन्सर्टमा उल्लेखनिय दर्शकको उपस्थिती रहेको निर्माता सन्तोष सेनको दाबी छ। 'बुलेट बाइकमा बोलको गीतमा बुलेट बाइक सहित प्रदीप खड्काले र अश्लेषा ठकुरीले प्रस्तुती दिएपछि माहोल प्रेमगीतमय भयो', उनले भने।



फिल्मका अन्य कलाकारहरु शिशिर भण्डारी लगायतका मनोरञ्जनात्मक प्रस्तुती दिएका थिए।

सन्तोष सेनले दिएको जानकारी अनुसार पोखराको चिप्लेढुंगामा शनिबार कन्सर्ट आयोजित कन्सर्टमा भने झरी पर्योु। सेनले भने,'दर्शकले झरीमा रुझेर भएपनि हामीलाई साथ दिनुभयो। त्यसैले कार्यक्रम सफल भयो।'

पश्चिम नेपालको केन्द्र नेपालगंजमा सांगीतिक कार्यक्रम सक्काएर युनिट सोमबार बुटवल पुगेको छ। फिल्म प्रचारका लागि प्रेमगीत २ युनिटले सात सहरमा प्रचारका लागि सांगीतिक कन्सर्ट थालेको हो। फिल्म साउन १३ गतेबाट प्रदर्शन हुँदैछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell