PahiloPost

Mar 11, 2025 | २७ फागुन २०८१

इन्डोनेसियामा हेलिकप्टर दुर्घटना, आठ जनाको मृत्यु



रासस

इन्डोनेसियामा हेलिकप्टर दुर्घटना, आठ जनाको मृत्यु
फोटो श्रोतः cnn.com

जाकार्ता : इन्डोनेसियामा ज्वालामुखी विष्फोट भएपछि त्यहाँ फसेका मानिसको उद्वारका लागि गएको हेलिकप्टर नै दुर्घटनामा परेको छ। 

हेलिकप्टर दुर्घटनामा परी त्यसमा रहेका आठजना उद्वारकर्मीको ज्यान गएको एकजना सरकारी अधिकारीले जानकारी दिएका छन्। 

इन्डोनेसियामा खोजी र उद्वार निकायका अनुसार हेलिकप्टरमा चार उद्धारकर्ता र चालक दलका चारजना सदस्य थिए। 

दुर्घटना भएको स्थलबाट सबै व्यक्तिको शव फेलापर्नुको साथै पहिचानसमेत खुलेको खोजी तथा उद्वार निकायका प्रमुख मुहमद सेगगीले एएफपी समाचार समितिलाई जानकारी दिएका छन्।

आइतबार अपराह्न मध्य जाभामा ज्वालामूखी विष्फोट भएको स्थानमा उद्धारकार्यका लागि हेलिकप्टर गइरहेको थियो। 

दुर्घटनाको कारण अनुसन्धानरत रहेको इन्डोनेसिया खोजी र उद्धार निकायको यातायात सुरक्षा विभागले जनाएको छ। रासस/एएफपी 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell