PahiloPost

Mar 11, 2025 | २७ फागुन २०८१

निगमको बोइङ मर्मत गर्न सिङ्गापुर लगिने



रासस

निगमको बोइङ मर्मत गर्न सिङ्गापुर लगिने

काठमाडौँ :अन्तर्राष्ट्रिय उडान भर्दै आएको नेपाल वायु सेवा निगमको एक मात्र बोइङ कलसाइन ९ एनएसिबी मर्मत गर्न सिङ्गापुर लगिने भएको छ। 

एक साता बढीदेखि ग्राउन्डेड रहेको बोइङको मर्मत गर्न करिब ४५ देखि ६० दिन लाग्न सक्ने निगमका प्रवक्ता रवीन्द्र श्रेष्ठले जानकारी दिए। उनका  अनुसार यकिन मिति तय नभए पनि आगामी असार ३० र ३१ गतेका दिन बोइङ सिङ्गापुर लगिनेछ। 

सो बोइङको सट्टामा निगमले भुटानबाट लिजमा विमान ल्याउने तयारी गरेको छ। भुटान एयरलाइन्सको विमान भाडामा ल्याएर सेवा दिने प्रवक्ता श्रेष्ठले बताए। 

निगमले एक बोइङ र दुई एयरबसबाट अन्तर्राष्ट्रिय उडान भर्दै आएकोमा पछिल्ला केही दिनयता एक मात्र बोइङ ग्राउन्डेड भएको थियो। नेपालमै मर्मत गरे पनि नबनेपछि थप मर्मतका लागि बोइङलाई सिङ्गापुर लगिने भएको हो। 

निगमले अर्को पुरानो बी७५७–२०० ९ एन–एसिए विमान बिक्रीका लागि पटक–पटक ‘ग्लोबल टेन्डर’ आह्वान गरिसकेको छ। निगमले हाल आठ गन्तव्यमा अन्तर्राष्ट्रिय उडान भर्दै आएको छ। रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell