PahiloPost

Mar 11, 2025 | २७ फागुन २०८१

बारबर्दिया र मधुवनमा माओवादी केन्द्र, गुलरियामा कांग्रेस विजयी



रासस

बारबर्दिया र मधुवनमा माओवादी केन्द्र, गुलरियामा कांग्रेस विजयी

गुलरिया : बर्दियाको बारबर्दिया नगरपालिकाको प्रमुखमा माओवादी केन्द्रका दुर्गाबहादुर थारु ११ हजार ७४७ मत ल्याई विजयी भएका छन्। निकटतम प्रतिद्वन्द्वी एमालेका रामबहादुर थारुले आठ हजार ६४५ मत प्राप्त गरेका छन्। 

उपप्रमुखमा माओवादी केन्द्रकी अञ्जु दहित ११ हजार ११ मत ल्याई विजयी भइन्। निकटतम प्रतिद्वन्द्वी एमालेकी पुष्पा वलीले आठ हजार ६९५ मत प्राप्त गरिन्। 

यस्तै मधुवन नगरपालिकाको प्रमुखमा माओवादी केन्द्रका कृष्ण केसी आठ हजार ४३१ मत ल्याई विजयी भए। उनका निकटतम प्रतिद्वन्द्वी एमालेका दुर्गाबहादुर वलीले पाँच हजार ९२३ मत प्राप्त गरे।

उपप्रमुखमा माओवादी केन्द्रकी सुवरानी थारु सात हजार ५२३ मत ल्याई विजयी भइन् । उनका निकटतम प्रतिद्वन्द्वी एमालेकी हिराकुमारी चौधरीले पाँच हजार ९४२ मत प्राप्त गरिन्। 


यसैगरी गुलरिया नगरपालिकाको प्रमुखमा कांग्रेसका किटु यादव छ हजार २०७ मत ल्याई विजयी भए । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका हरि ज्ञवालीले पाँच हजार ७३६ मत प्राप्त गरे।

उपप्रमुखमा कांग्रेसकी सुशीला गिरी छ हजार ३६४ मत ल्याई विजयी भइन्। निकटतम प्रतिद्वन्द्वी एमालेकी टिका समसेलीले पाँच हजार ६८५ मत प्राप्त गरिन्। 

यस्तै गेरुवा गाउँपालिकाको अध्यक्षमा कांग्रेसका जमानसिंह केसी छ हजार ३ मत प्राप्त गरी विजयी भए। निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका विश्वबहादुर थारुले पाँच हजार १५८ मत प्राप्त गरे।

उपाध्यक्षमा कांग्रेसकी हिमकुमारी चौधरीले पाँच हजार ५५३ मत प्राप्त गरिन्। निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रकी लिला चौधरीले पाँच हजार ३१२ मत प्राप्त गरिन्। 

यस्तै ठाकुरबाबा नगरपालिकाको प्रमुखमा एमालेका घननारायण श्रेष्ठ सात हजार ७४ मत ल्याई विजयी भए। उनका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका नेत्र आचार्यले छ हजार ९५५ मत प्राप्त गरे।

उपप्रमुखमा माओवादी केन्द्रकी कृष्णकुस्मा थारु सात हजार ८६ मत ल्याई विजयी भइन्। निकटतम प्रतिद्वन्द्वी एमालेकी विना भट्टराईले छ हजार ९७५ मत प्राप्त गरिन्। 

यसैगरी बढैयाताल गाँउपालिकाको अध्यक्षमा एमालेका लालबहादुर श्रेष्ठ आठ हजार १९८ मत ल्याई विजयी भए। निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका लल्लुराम थारुले छ हजार ८९६ मत प्राप्त गरे।

उपाध्यक्षमा एमालकी दिपाकुमारी गौतम आठ हजार ७८३ मत ल्याई विजयी भइन्। एनका निकटतम् प्रतिद्वन्द्वी माओवादी केन्द्रकी राधा आचार्यले छ हजार ४७१ मत प्राप्त गरिन्। रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell