PahiloPost

Mar 11, 2025 | २७ फागुन २०८१

नेपाली–बङ्गाली कृति अनुवाद गरिने



रासस

काठमाडौँ : नेपाल प्रज्ञा–प्रतिष्ठानको निमन्त्रणामा बङ्गलादेशको बङ्गला एकेडेमीबाट नेपाल भ्रमणमा आएका पाहुनालाई काठमाडौँ उपत्यकाका विभिन्न सम्पदास्थल तथा उपत्यका बाहिरका पर्यटकीय क्षेत्रमा भ्रमण गराइएको छ। 

बङ्गला एकेडेमीका निर्देशक समसुज्जामान खानको नेतृत्वमा काठमाडौँ आएको प्रतिनिधिमण्डललाई विश्वसम्पदा सूचीमा सूचीकृत काठमाडौँ उपत्यकाका दरबार क्षेत्र, स्वयम्भूनाथ चैत्य, बौद्धनाथ चैत्य तथा चन्द्रागिरिका साथै पोखरा भ्रमण गराइएको छ। 

प्रज्ञा–प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले स्वदेशका विभिन्न पर्यटकीय गन्तव्यकामा उनीहरुलाई घुमाएर मुलुकको पर्यटकीय क्षेत्रको प्रवद्र्धन गरी बङ्गलादेशका नागरिकलाई आकर्षित गराउन भ्रमण महत्वपूर्ण रहेको बबताए। 

बङ्गला एकेडेमीका निर्देशक खानले नेपाल र बङ्गलादेशबीचको मैत्रीपूर्ण सम्बन्धलाई साहित्यका माध्यमबाट जनस्तरमा प्रवद्र्धन गर्नुपर्नेमा जोड दिए। 

दुवै मुलुकबीच लेखक तथा साहित्यकारका बीच सद्भाव कायम गरी कला, साहित्य तथा संस्कृति आदानप्रदान गर्नका लागि समझदारी कायम गरिने भएको छ। मङ्गलबार हस्ताक्षर हुने उक्त समझदारीपत्रमा दुवै मुलुकका लोकप्रिय तथा महत्वपूर्ण कृतिलाई अनुवाद गरिने प्रतिष्ठानले जनाएको छ। असार १५ गते नेपाल आएका ती पाहुना मङ्गलबार साँझ फर्कने कार्यक्रम छ। रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell