PahiloPost

Jul 14, 2025 | ३० असार २०८२

ओलीको गृहनगर दमक, राप्रपाको चमक



पहिलोपोस्ट

काठमाडौं : पहिलो चरणको चुनावमा चितवनको भरतपुर पछिको सबैको चासोको विषय बनेको झापाको दमक नगरपालिका अन्तर्गत वडा नं १, को विजय राप्रपाका लागि अर्को सुखद् परिणाम हो। 

एमालेका वडाध्यक्ष प्रत्याशीलाई हराउँदै राप्रपाका ताराप्रसाद अधिकारी ७ मत बढीले विजयी हुँदा ओलीको आँगनमा राप्रपाको झण्डा फहराइएको छ। तर पुनः मतगणनापछि बल्ल बल्लमात्रै राप्रपाका अधिकारी विजयी भएका हुन्। 

मत गणनाको काम सकिएपछि वडा अध्यक्षमा एमाले र राप्रपाका उम्मेद्वारले बराबरी ८०१ मत पाएको भनिएको थियो। तर, पुनः मतगणना गर्दा राप्रपाका अधिकारीले ८०७ ल्याएर विजयी बने। मतगणना सकिएपछि पार्टी प्रतिनिधि बाहिरिए लगत्तै निर्वाचन आयोग र मतगणनामा संलग्न कर्मचारीको चलखेलले दुवैलाई ८०१ र ८०१ पारी बराबरी भएको संकेत दिएर गोलाप्रथा नियम लादिएपछि बिरोध भएको थियो। 

बराबरी मतलाई गोलाप्रथाद्वारा निर्णय गर्ने आयोग र कर्मचारीको निर्णय एमाले बाहेक अन्य विपक्षी दलले अस्वीकार गरी आन्दोलनमा उत्रिएपछि पुनः मतगणना गरिएको थियो। पुनः गणना गर्दा एमालेको ८०० मत, र राप्रपाले ८०७ मत प्राप्त गरेका थिए।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell