PahiloPost

Jun 20, 2025 | ६ असार २०८२

हिन्दुवादी दलबाट मुस्लिम प्रमुख



पहिलोपोस्ट

काठमाडौं : हिन्दूवादी रुझानको दल राप्रपाबाट कचनकवल गाउँपालिकाको बिजेता बनेका प्रमुख अन्जार आलम भने मुस्लिम समुदायका हुन्। राप्रपाका अन्जार आलम ५ हजार ८ सय १६ मत प्राप्त गरी विजयी भएका छन्।

उनका निकटतम् प्रतिद्वन्द्वी कांग्रेसका कालेन्द्र सिंह राजवंशीले ५ हजार ३ सय ५३ मत प्राप्त गरे। उपप्रमुखमा राप्रपाकै निम्सरी राजवंशी ५ हजार ७ सय ९२ मत ल्याएर बिजेता बनिन्। उनकी निकटतम् प्रतिद्वन्द्वी कांग्रेसकी गीता खरेलले ५ हजार ४ सय ३२ मत ल्याइन्। यहाँको सातमध्ये ३ मा राप्रपा, २ मा एमाले र २ मा कांग्रेसले जितेको छ। माओवादी केन्द्र शून्य सिट भएर होचो भूगोलमा पत्तासाफ भएको छ। 

स्मरणीय के छ भने राजावादी तथा हिन्दुवादी भनिने राप्रपाको यो विजयमा उसलाई गैर हिन्दु उम्मेद्वारले विजय गाथा बनिदिएका छन्। पहिलो चरणमा धादिङमा पनि क्रिश्चियन उम्मेद्वार चेरुङ तामाङले प्रमुखमा १४८७ मत सहित राप्रपाको कोटाबाट रुविभ्याली गाउँपालिकामा जितेका थिए। क्रिश्चियन र मुस्लिम उम्मेद्वार हिन्दूवादी राप्रपाका विजयी गाउँपालिका प्रमुख बन्नु पनि गजबको संयोग हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell