PahiloPost

Apr 29, 2025 | १६ बैशाख २०८२

उपप्रधानमन्त्री गच्छदार भन्छन्–तेस्रो चरणको निर्वाचन अघि स्थानीय तहको सङ्ख्या थप हुनसक्छ



रासस

उपप्रधानमन्त्री गच्छदार भन्छन्–तेस्रो चरणको निर्वाचन अघि स्थानीय तहको सङ्ख्या थप हुनसक्छ

विराटनगर : उपप्रधान एवम् सङ्घीय मामिला तथा स्थानीय विकासमन्त्री विजयकुमार गच्छदारले तेस्रो चरणको निर्वाचनअगावै प्रदेश नं–२ मा स्थानीय तहको सङ्ख्यामा वृद्धि हुनसक्ने बताएका छन्। 

विराटनगरमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उपप्रधानमन्त्री गच्छदारले यसका लागि दलहरूको सहमति आवश्यक रहेको स्पष्ट पारे। 

असोज २ गते हुने तेस्रो चरणको निर्वाचनमा राष्ट्रिय जनता पार्टीलाई निर्वाचनमा भाग लिने परिस्थितिको निर्माण गर्न आवश्यक रहेको प्रसङ्ग कोट्याउँदै उनले संविधान संशोधनलगायतका प्रस्ताव पारित गराउन नेकपा एमालेले उदारतासाथ सहयोग गर्नुपर्ने बताए। 

तेस्रो चरणको निर्वाचन सम्पन्न भएपछि संविधान संशोधनको पहिलो कार्यभार पुरा हुने उल्लेख गर्दै उपप्रधानमन्त्री गच्छदारले निर्धारित समयमै प्रदेश र सङ्घीय संसद्को निर्वाचन गराउन सरकार प्रतिबद्ध रहेको बताए। 

दोस्रो चरणको निर्वाचन परिणामले आफ्नो पार्टी एउटा शक्तिको रुपमा देखिएको भन्दै उनले आगामी दिनको निर्वाचनमा अन्य दलसँग सहकार्य गर्न सदैव ढोका खुला राखेको बताए। रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell