PahiloPost

Jul 14, 2025 | ३० असार २०८२

जबर्जस्ती करणी अभियोगमा एकजना पक्राउ



पहिलोपोस्ट

जबर्जस्ती करणी अभियोगमा एकजना पक्राउ

लमजुङ: लमजुङमा १२ वर्षीया बालिकालाई जबर्जस्ती करणी गर्ने एक युवालाई प्रहरीले पक्राउ गरेको छ।

सुस्त र अपाङ्गता भएकी १२ वर्षीया बालिकालाई जबर्जस्ती करणी गरेको आरोपमा नुवाकोटका २९ वर्षीय रेशम तामाङलाई प्रहरीले पक्राउ गरेको हो। तामाङले बेँसीसहर–१ मा बस्दै आएकी बालिकालाई सोमबार बिहान जबर्जस्ती करणी गरेका हुन्।

घटनास्थलबाटै पक्राउमा परेका तामाङले जबर्जस्ती करणी स्वीकार गरेको प्रहरी नायब उपरीक्षक समिरचन्द्र खरेलले बताए। घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रनाउ खरेलले बताए। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell