चितवन: इच्छाकामना गाउँपालिका–३ चुम्लिङ्टारस्थित पृथ्वी राजमार्गमा आज बिहान अन्दाजी २ः२५ बजे यात्रुबाहक बस पल्टिँदा सातजना घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार काठमाडौँबाट धनगढी जान आउँदै गरेको ना ६ ख २४६८ नम्बरको बस अनियन्त्रित भई नालातर्फ पल्टिएको थियो। घाइतेको तनहुँको छिम्केस्वरी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। रासस