
काठमाडौँ: स्थानीय तह दोस्रो चरणको निर्वाचनमा अब ६० स्थानको नतिजा आउन बाँकी रहेको छ। विराटनगर महानगरपालिका र ६ उपमहानसहित अब ६० स्थानको नतिजा आउन बाँकी रहेको हो। नेपालगन्ज उपमहानगरको नतिजा आएको छ।
नेपालगन्जको मेयरमा राप्रपाका धवलशमशेर राणा विजयी भएका छन्। उपमेयरमा कांग्रेसकी उमा थापामगरले जित हासिल गरेकी छन्।
हालसम्म प्राप्त २७४ स्थानको मतपरिणाममध्ये एमाले १२० स्थानमा विजयी भएको छ। यस्तै, नेपाली कांग्रेस १०५ स्थानमा जितसहित एमालेलाई पछ्याइरहेको छ। यस्तै माओवादी केन्द्रले ३५ स्थानमा जित हासिल गरेको छ।
संघीय समाजवादी फोरम र नयाँ शक्तिको गठबन्धनले ६ स्थानमा जित हासिल गरेको छ। फोरम लोकतान्त्रिक ५ र राप्रपाले तीन स्थानमा जितेका छन्। राष्ट्रिय जनमोर्चाले २ स्थानमा जित हासिल गर्दा स्वतन्त्र उम्मेदवार एक स्थानमा विजयी भएका छन्।
मतगणना जारी रहेको विराटनगर महानगरमा कांग्रेसको अग्रता कायमै छ। भने, धनगढी उपमहानगरमा पनि कांग्रेसको अग्रता कायमै छ।
तर, अन्य उपमहानगरमा एमालेले अग्रता छ। इटहरी, धरान, वुटवल तुल्सीपुरमा एमालेको अग्रता कायमै छ।