
रुपन्देहीः देवदह नगरपालिकाको मेयरमा कांग्रेसका हिरा केसी विजयी भएका छन्। कांग्रेसका देवदह नगरका क्षेत्री सभापति रहेका केसी मेयरमा विजयी भएका हुन्। उनी कांग्रेस माओवादी केन्द्रबीचको गठबन्धनका संयुक्त उम्मेदवार हुन्।
केसीले ११४ मतअन्तरले एमालेका उम्मेदवारलाई पछि पारेका हुन्। केसीले १० हजार १७६ मत प्राप्त गरे। एमालेका उम्मेदवार टीकाराम चापागाईँले १० हजार ९८ मत मात्र पाए। तीनवटा वडामा प्यानलसहित मेयर पद कांग्रेसले जितेको हो।
उपमेयरमा भने एमालेकी बिद्यालक्ष्मी गुरुङ विजयी भएकी छन्। गुरुङले १० हजार २११ मत पाइन्। माओवादीकी टीका न्यौपानेले ७ हजार ६६ मत पाइन्। देवदहका ९ वटा वडा एमालेले जितेको छ।
देवदहमा कांग्रेस र माओबादी केन्द्रको संयुक्त प्यानल थियो। बुटवल उपमहानगरपालिकामा भने नेकपा एमालेले १२ वडामा जितसहित अग्रता कायमै राखेको छ। नेपाली काग्रेसले वडा नं। १ मा महिला सदस्यमा जित हासिल गरेको छ।