PahiloPost

Jun 20, 2025 | ६ असार २०८२

उदयपुरको कटारी नगरपालिकामा एमाले विजयी



पहिलोपोस्ट

उदयपुरको कटारी नगरपालिकामा एमाले विजयी

गाईघाट: उदयपुर जिल्लाको कटारी नगरपालिकाको प्रमुख तथा उपमप्रमुख पदमा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन्।

गएराति भएको मतगणनाको अन्तिम परिणामअनुसार प्रमुख पदमा एमालेका तर्फबाट प्रमुखका उम्मेदवार ज्ञानेन्द्र श्रेष्ठले छ हजार ९०९ मत प्राप्त गरेर प्रमुख पदमा विजयी भएका हुन्।

यस्तै, उपप्रमुखमा पनि एमालेका उम्मेदवार भीमकुमारी राउतले सात हजार ५१७ मत प्राप्त गरेर विजयी भएको निर्वाचन अधिकृत गुरु वाग्लेले बताए।

प्रमुख पदमा श्रेष्ठका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका ज्ञानेन्द्रमान सिंह राउतले छ हजार ७३५ मत प्राप्त गरेका छन्। उपप्रमुखका उम्मेदवार कांग्रेसकै निर्मला कार्कीले पाँच हजार ८८७ मत प्राप्त गरे।

यता नेकपा माओवादी केन्द्रका प्रमुखका उम्मेदवार केपी बरालले पाँच हजार ५६४ मत प्राप्त गरेर तेस्रो भए।

अहिलेसम्मको परिणामअनुसार उदयपुर जिल्लाका आठ स्थानीय तह – चार गाउँपालिका र चार नगरपालिकामध्ये नेकपा एमालेले तीन गाउँपालिका र कटारी नगरपालिकासहित चार स्थानमा विजय हासिल गरिसकेको छ। यता, चौदण्डीगढी नगरपालिकामा काँग्रेसले विजय हासिल गरेको छ भने अहिले त्रियुगा नगरपालिकाको मतगणना जारी रहेको छ।

यस्तै, बेलका नगरपालिकामा मतगणना कार्यमा विवाद भएपछि स्थगित भएको छ भने एक गाउँपालिकामा माओवादी केन्द्रले विजय हासिल गरेको छ। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell