PahiloPost

Jun 30, 2026 | १६ असार २०८३

एमाले उपमहासचिव भुसालको वडामा कांग्रेस, कांग्रेस नेता खाँणको वडामा एमाले विजयी



पहिलोपोस्ट

एमाले उपमहासचिव भुसालको वडामा कांग्रेस, कांग्रेस नेता खाँणको वडामा एमाले विजयी

रुपन्देहीः दुई केन्द्रीय नेताको क्षेत्र रहेको तिलोत्तमा नगरपालिकामा केन्द्रीय नेताले वडामा समेत आफ्नो पार्टीलाई जिताउन सकेनन्।

नेकपा एमालेका उपमहासचिव घनश्याम भुसालको वडामा नेपाली कांग्रेसको प्यानल विजयी भएको छ। तिलोत्तमा वडा नम्बर ९ एमाले उपमहासचिव भुसालको वडा हो। त्यो वडामा  भुसालले मतदान गरेका थिए। वडा नम्बर ९ मा कांग्रेसको प्यानल विजयी भएको हो।

वडाध्यक्षमा नारायण न्यौपाने एक हजार २२९ मत ल्याएर प्यानलसहित विजयी हुँदा एमालेका नेत्रलाल बनले एक हजार ८४ मत प्राप्त गरे।

नगरअन्तर्गत कांग्रेस केन्द्रीय सदस्य बालकृष्ण खाणको वडा नं ८ मा भने नेकपा एमालेको प्यानल विजयी भएको छ। उक्त वडामा पूर्व रक्षामन्त्री समेत रहेका खाणले मतदान गरेका थिए। कांग्रेसका तिलोत्तमा नगर सभापति समेत रहेका हरिलाल पाण्डे ८९४ मतसहित पराजित हुँदा एमालेका कृष्ण पौडेल एक हजार ३०१ मत ल्याएर प्यानलसहित विजयी भए। नगरपालिकामा भने एमालेले बहुमतसहित मेयर उपमेयर र वडा जितिसकेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell