PahiloPost

Jun 21, 2025 | ७ असार २०८२

जोन टेरी च्याम्पियनसिप क्लब एस्टन भिल्लामा अनुबन्धित



पहिलोपोस्ट

जोन टेरी च्याम्पियनसिप क्लब एस्टन भिल्लामा अनुबन्धित

इंगलिस च्याम्पियनसिप क्लब एस्ट भिल्लाले चेल्सी तथा इंगल्याण्डका पूर्व कप्तान जोन टेरीलाई अनुबन्ध गरेको छ। ३६ वर्षे डिफेण्डरलाई भिल्लाले एक वर्षका लागि क्लब भित्राएको हो।

गत जुन ३० मा टेरीको चेल्सीसँग सम्झौता सकिएको थियो।

टेरीले चेल्सी विरुद्ध नखेल्नकै लागि प्रिमियर लिगका अन्य क्लबको आकर्षक प्रस्ताव अस्वीकार गरेको बताएका छन्।

इंगल्याण्डका लागि ७८ क्याप जितेका टेरी 'ब्लुज' का लागि ७१९ खेल खेले। गत सिजन चेल्सीबाट उनले पाँचौ पटक प्रिमियर लिगको उपाधि समेत जिते।

टेरीको नयाँ क्लब भिल्ला गत सिजन च्याम्पियनसिपको १३औं स्थान रहेको थियो। तर स्टीभ ब्रुसको टोलीलाई अर्को सिजनको लागि प्रिमियर लिगमा बढुवा क्बलको रुपमा हेरिएको छ।

गत जुनमा टेरीले चेल्सी छाड्ने भएपछि ब्रिमिङहमका प्रशिक्षक ह्यारी रेडन्यापले पनि क्लबले टेरीलाई अफर गर्ने बताएका थिए।

टेरीले अहिलेसम्म चेल्सीसँगै प्रिमियर लिगको अर्को क्लब नटिङहम फरेस्का लागि पनि खेलेका थिए। सन् २००० मा उनी लोनमा नटिङहम पुगेका थिए।

सन् १९९५ मा चेल्सीबाट युथ करियर सुरु गरेका टेरीले १९९८ को लिग कपमा भिल्ला विरुद्ध वैकल्पिक खेलाडीका रुपमा डेब्यु गरेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell