PahiloPost

Apr 29, 2025 | १६ बैशाख २०८२

चिनियाँ राष्ट्रपतिले भने–अमेरिकी गतिविधिका कारण दुई देशको सम्बन्ध प्रभावित



रासस

चिनियाँ राष्ट्रपतिले भने–अमेरिकी गतिविधिका कारण दुई देशको सम्बन्ध प्रभावित
फोटो श्रोतःmercopress.com

वेइजिङ : चीनका राष्ट्रपति सी जिनपिङ्ले आफ्नो अमेरिकी समकक्षीसँग सोमबार गरेको टेलिफोन वार्तामा बेइजिङ् र वासिङ्टनवीचको द्विपक्षीय सम्बन्धमा अमेरिकाको केही नकारात्मक गतिविधिका कारण समस्या आएको बताएका छन्।

अमेकिरी नौसैनिक जहाज चिनियाँ इलाकामा प्रवेश गरेपछि चीनले हालै उक्त जहाजलाई नियन्त्रणमा लिएको थियो। सम्भवतः यसै विषयमा विचार आदानप्रदान गर्ने उद्देश्यले गरिएको फोन वार्तामा चिनियाँ राष्ट्रपति सीले सम्बन्ध सुमधुर राख्न केही अमेरिकी गतिविधि समस्या बन्ने गरेको बताएको चिनियाँ स्रोतले जनाएको छ। 

दुई शक्तिशाली विश्व नेताबीच भएको कुराकानीमा चिनियाँ राष्ट्रपति सीले ट्रम्पसँग फ्लोरिडामा गत अप्रिलमा भएको भेटले महत्वपूर्ण सफलता हासिल गरेको बताएका थिए।

सोही समय राष्ट्रपति सीले केही नकारात्मक गतिविधिका कारण सम्वन्धलाई बेलाबेला प्रभावित तुल्याउने गरको भन्दै चीनले अमेरिकालाई हेर्ने दृष्टिकोण यसअघि नै राखिसकेको सिन्ह्वा न्यूज एजेन्सीले जनाएको छ। 

कुराकानीका क्रममा चिनियाँ राष्ट्रपति सीले अमेरिकाले एक चीन नीतिको सम्मान गर्ने विश्वास व्यक्त गरेका बताइएको छ। 

सीले अमेरिकीले ताइवान विषयलाई एक चीन नीतिमा आधारित भएर तदनुरुप कामगर्ने आग्रह गरेका बताइएको छ । 

दुई नेताबीच कोरियाली प्रायद्वीपमा शान्ति र स्थायित्वका विषयमा पनि कुराकानी भएको थियो। 

चीनले अमेरिकी व्यवसायिक साझेदारसँग ट्रम्पले सन्तुलित व्यवापारिक सम्बन्धलाई अघि बढाउन आग्रह गरेको पनि विज्ञप्तिमा जनाइएको छ। यद्यपि विज्ञप्तिमा ताइवान बारे केही जनाइएको छैन। रासस/पिटिआई 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell