PahiloPost

Jul 14, 2025 | ३० असार २०८२

शिवकुमारी बनिन् 'डेब्यु'मै कान्छी उपमेयर



पहिलोपोस्ट

शिवकुमारी बनिन् 'डेब्यु'मै कान्छी उपमेयर

काठमाडौँ: मनोनयन दर्ताअघि नै पश्चिम तराइमा चर्चामा रहेकी २३ वर्षीय शिवकुमारी थारु नेकपा एमालेको तर्फबाट उपमेयरमा विजयी भएकी छिन्।

२३ वर्षीया शिवकुमारी ५ हजार ९६२ मत ल्याएर  कपिलवस्तु शिवराज नगरपालिकाको उपमेयर बनेकी हुन्। उनकी प्रतिद्वन्द्वी संघीय समाजवादी फोरमकी सुमन यादवले ३ हजार २९ मत पाएकी छन्।

सम्भवत शिवकुमारी दोस्रो चरणको निर्वाचनमा अहिलेसम्म विजय हुने कान्छी उपमेयर हुन्। २३ वर्षीय भए पनि धेरैले उनलाई मनोनयदेखि नै पहिलो निर्वाचनमा काठमाडौं महानगरपालिका मेयरकी उम्मेद्वार रञ्जु दर्नशनासँग दाँजेर हर्ने समेत गरेका थिए।  

शिवकुमारीको राजनीतिमा डेब्यु हो यसपालाको चुनाव। यसअघि उनी कुनै राजनीतिक दलमा आवद्ध नभएको पहिलोपोस्टसँग बताइन्। स्थानीय सरस्वती निमाविमा शिक्षिका समेत रहेकी शिवकुमारी, थारु समुदायको हितमा लाग्ने बताउँछिन्।

भन्छिन्, 'थारु समुदायको प्रतिनिधित्व गरेर समाजमा भएका अन्यायहरु हटाउने मेरो प्राथमिकता हो। थारु समुदायभित्र अशिक्षा, बेरोजगारी व्याप्त छ यसलाई हटाउने गरी लाग्छु।'
 

रञ्जु झै राजनीतिमा शिवकुमारीको 'डेब्यु' 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell