PahiloPost

Mar 11, 2025 | २७ फागुन २०८१

खाडी देशका मागबारे दोहाको जवाफसहित विदेशमन्त्री कुवेतमा



रासस

खाडी देशका मागबारे दोहाको जवाफसहित विदेशमन्त्री कुवेतमा
फोटो श्रोतःaljazeera.com

कुबेतः कतारका विदेशमन्त्रीले साउदी अरेबियासहितका खाडी मुलुकले अघि सारेका मागहरुबारे आफ्नो अडानसहित कुवेत आएका छन्।

सोमबारसम्ममा कतारले मागबारे जवाफ पठाउने बताए अनुसार कतारका अमीर शेख तमिम विन हमद अलथानीले कुबेतका अमीर शेख सवाह अल अहमद अल जावेरको पत्र लिएर विदेशमन्त्री कुवेत पुगेका हुन्। 

खाडी संकटबारे कुवेतका अमिरले मध्यस्थता गर्दै आएका छन्। कतारका अमिरको पत्र त्यहाँका विदेशमन्त्री मोहम्मद बिन अब्दुल रहमान अलथानीले कुवेती अमीरलाई दिनेछन्। 

यद्यपि उचित शर्तहरु भए संवादमा सहभागी हुन कतार तयार रहेको कतारी सरकारले बताउँदै आएको छ। 

खाडी मुलुकहरुले अलजजीरा प्रसारण सञ्जाल तथा टर्कीको सैन्य अखडा बन्द गर्नुपर्ने र इरानसँग सम्बन्ध विच्छेद गर्नुपर्नेलगायतका माग राखेका थिए।

तोकिएको समयसीमाभित्र ती मागहरु पूरा नगरिए साउदी अरेबिया, बहराइन, संयुक्त अरब एमिरेट्स र इजिप्टले कतारमाथि नाकाबन्दी लगाउने चेतावनी दिएका छन्। 

उनीहरुले कतारमाथि अतिवादी र आतंकवादी समूहहरुलाई सघाउँदै आएको आरोप लगाउँदै आएका छन् तर उक्त आरोप कतारले अस्वीकार गर्दै आएको छ। 

गत जुन महिनामा साउदी अरव, बहराइन, संयुक्त अरब एमिरेट्स र इजिप्ट लगायतका मुलुकले कतारसँग कूटनीतिक सम्बन्ध विच्छेद गरेका थिए। कतारसँग सम्बन्ध विच्छेद गरेको घोषणा गर्ने बेला रियादले ‘राष्ट्रिय सुरक्षालाई अतिवाद र आतंकवादबाट बचाउन’ उक्त कदम चालिएको बताएको थियो।

केही समय पहिले साउदी अरेबिया, बहराइन र संयुक्त अरब एमिरेट्सले आफूहरुको आन्तरिक मामिलामा कतारले हस्तक्षेप गरेको भन्दै कुटनैतिक सम्वन्ध विच्छेद गरेको घोषणा गरेका थिए। 

यसैवीच, छ अरब राष्ट्रका विदेशमन्त्रीहरू कतारसँगको विवादका विषयमा कुरा गर्न बुधबार इजिप्टको राजधानी काएरोमा भेट्ने कार्यक्रम भएको इजिप्टको विदेश मन्त्रालयका प्रवक्ताले बताए।रासस/`सिन्ह्वा 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell