PahiloPost

Sep 5, 2026 | २० भदौ २०८३

झाडापखालाबाट सिरहामा थप एकको मृत्यु, २५ जना सिकिस्त



रासस

झाडापखालाबाट सिरहामा थप एकको मृत्यु, २५ जना सिकिस्त

लहान : दुई सातादेखि सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिकास्थित सीतापुरप्रधमा फैलिएको झाडापखाला अझै नियन्त्रणमा नआउँदा झाडापखालाबाट सोमबार साँझ थप एकको मृत्यु भएको छ। झाडापखालबाट २५ जना सिकिस्त बिरामी परेका छन्। 

पछिल्लो पटक झाडापखालाबाट लक्ष्मीपुर पतारीस्थित सीतापुरप्रधकी ६५ वर्षीया गुद्रीदेवी यादवको मृत्यु भएको जिल्ला जनस्वास्थ्य कार्यालय सिरहाका प्रमुख डा चुमनलाल दासले जानकारी दिए। 

झाडापखालाबाट थलिएकी गुद्रीदेवीको अस्पताल लैजाने तयारी भइरहेका बेला राति मृत्यु भएको हो। योसँगै उक्त गाउँमा फैलिएको झाडापखालाबाट मृत्यु हुनेको सङ्ख्या दुई पुगेको छ। 

यसअघि गत साता झाडापखालाबाट सीतापुरप्रध–८ का ७० वर्षीय मागेन यादवको मृत्यु भएको थियो। झाडापखालाबाट सिकिस्त चिकित्सकको निगरानीमा स्वास्थ्य चौकी सीतापुरमा उपचार भइरहेको छ। रासस 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell