PahiloPost

Jun 30, 2026 | १६ असार २०८३

डान भान निएकेकले बनाइन् अनौठो कीर्तिमान्, २० बलमा कुनै रन नदिई ४ विकेट



पहिलोपोस्ट

डान भान निएकेकले बनाइन् अनौठो कीर्तिमान्, २० बलमा कुनै रन नदिई ४ विकेट

दक्षिण अफ्रिकी महिला क्रिकेट खेलाडी डान भान निएकेकले वान डे क्रिकेटमा नयाँ कीर्तिमान बनाएकी छिन्। इंगल्याण्डमा भइरहेको महिला विश्वकमा उनले वेष्ट इन्डिज विरुद्ध कुनै रन नदिई ४ विकेट लिएर कीर्तिमान रचेकी हुन्।

३.२ ओभर बलिङ गर्दा उनले ३ मेडन राख्दै कुनै रन नदिई ४ विकेट झारेकी हुन्।

निएरेकसँगै मरिजाने कापले ४ तथा र शबनिम इस्मेइलले २ विकेट लिएपछि दक्षिण अफ्रिकाले वेष्टइन्डिजलाई ४८ रन मै समेट्यो। जुन महिला वान डे क्रिकेटको इतिहासमै दोस्रो सर्वाधिक कम टोटल हो।  

जवाफमा लजेले लिको २९ तथा लाउरा ओलभार्ड्टको १९ रन मद्दतमा दक्षिण अफ्रिकाले ६.२ ओभरमै ५१ रन बनाउदै १० विकेटको सहज जित हात पार्‍यो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell