PahiloPost

Jul 29, 2026 | १३ साउन २०८३

केराबारी गाउँपालिका अध्यक्षमा कांग्रेस विजयी



रासस

केराबारी गाउँपालिका अध्यक्षमा कांग्रेस विजयी

विराटनगर : मोरङको केराबारी गाउँपालिकाका अध्यक्षमा नेपाली कांग्रेस र उपाध्यक्षमा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन्। 

गाउँपालिकामा कांग्रेसका रोहितबहादुर कार्की पाँच हजार ४९९ मत प्राप्त गरी अध्यक्षमा विजयी भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी एमालेका नवीन थापाले पाँच हजार २१७ मत प्राप्त गरेका छन्। 

त्यसैगरी, उपाध्यक्षमा एमालेकी शान्तिकुमार लिम्बू पाँच हजार ७४७ मत प्राप्त गरी विजयी भइन्। निकटतम प्रतिद्वन्द्वी कांग्रेसकी कल्पना कटुवालले चार हजार ६१२ मत प्राप्त गरिन्। रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell