PahiloPost

Jun 22, 2026 | ८ असार २०८३

नवलपरासीको बर्दघाटमा एमाले विजयी



रासस

नवलपरासीको बर्दघाटमा एमाले विजयी

नवलपरासी : नवलपरासीको बर्दघाट नगरपालिकामा नेकपा एमाले विजयी भएको छ। 

प्रमुख पदमा एमालेका धीरज शर्मा बस्याल १२ हजार ८१४ मत प्राप्त गरी विजयी भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका विश्वप्रेम पाठकले ११ हजार ७७४ मत प्राप्त गरेका छन्। 

यसैगरी, उपप्रमुखमा पनि १२ हजार ८९७ मत प्राप्त गरी एमालेकी मायादेवी पौडेल विजयी भएकी छन्। निकटतम प्रतिद्वन्द्वी कांग्रेसकी रमिताकुमारी चौधरीले ११ हजार ५७४ मत प्राप्त गरेकी छन्। रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell